SHAREHUBSHAREHUB

एनपीएल: रोहित पौडेलले जितेका पुरस्कारमा साढे १६ लाख कर तिर्नुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २८ गते
AdvertisementAds
एनपीएल: रोहित पौडेलले जितेका पुरस्कारमा साढे १६ लाख कर तिर्नुपर्ने
AdvertisementAds

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन्। फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको अवसरमा रोहितले उत्कृष्ट खेलाडीको पुरस्कारस्वरूप जेको जे ५ कार र पल्सर मोटरसाइकल जितेका छन्।

प्रतियोगिताभर उनले कुल २७६ रन बनाएका र बलिङतर्फ फाइनल खेलमा ह्याट्रिकसहित १० विकेट लिए। कारको मूल्य ६१ लाख ९९ हजार र बाइकको मूल्य ४ लाख २० हजार रहेको छ, जसको कुल मूल्य ६६ लाख १९ हजार रूपैयाँ हुन्छ।

आयकर ऐनको दफा ८८ ‘क’ अनुसार रोहितले पुरस्कारमा २५ प्रतिशत आकस्मिक लाभकर तिर्नुपर्नेछ। अर्थात् १६ लाख ५४ हजार ७५० रुपैयाँ कर तिर्नु पर्ने छ । यसअघि ५ लाख बराबरको पुरस्कार पाइ नसकेको भए कार र बाइकको १५ लाख ३५ हजार रुपैयाँ कर बुझाउनु पर्नेछ ।

गाडी नामसारी गर्दा कर तिरेको प्रमाण पेश गर्नुपर्दछ। एनपीएलका अन्य खेलाडी सन्दीप लामिछाने र शेर मल्लले पनि बाइक पुरस्कार पाएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स