अब फिल्म हेर्न जाँदा साना बालबालिकालाई लैजान नपाइने
क्यूएफएक्स सिनेमाजले अब २.५ फिटभन्दा कम उचाइ भएका साना बालबालिकालाई फिल्म हलमा प्रवेश गर्न नदिने निर्णय गरेको छ। बुधबार एक सूचना जारी गर्दै, मल्टिप्लेक्स चेनले २.५ फिटभन्दा कम उचाइ भएका बालबालिकालाई हलमा प्रवेश निषेध गर्ने जानकारी दिएको हो।
क्यूएफएक्सका अनुसार २.५ फिटभन्दा अग्ला बालबालिका र अन्य दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने छ। यसअघि, साना बालबच्चालाई सिनेमाघरमा निःशुल्क प्रवेश मिल्थ्यो। तर, अब क्यूएफएक्सका हलहरूमा २.५ फिटभन्दा साना बालबालिका प्रवेश गर्न नपाइने भएको छ।
साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको क्यूएफएक्सले जनाएकाे छ ।