एनएमबि सरल बचत फण्ड–इ ले गर्यो लाभांश घोषणा, कति पाउनेछन् इकाईधनीले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १६ गते
एनएमबि सरल बचत फण्ड–इ ले गर्यो लाभांश घोषणा, कति पाउनेछन् इकाईधनीले ?

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०८१/८२ का लागि इकाईधनीहरूलाई करसहित ४.२७ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। फण्डको इकाई पुँजी ३ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ रहेको छ, जसको आधारमा योजनाले १४ करोड ३४ लाख ३४ हजार ९४० रुपैयाँ बराबरको नगद प्रतिफल वितरण गर्नेछ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि साउन १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार साउन १५ गतेसम्म कायम रहेका इकाईधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

एनएमबि सरल बचत फण्ड–इ एक खुलामुखी योजना भएकाले डिभिडेन्ड रि–इनभेष्टमेन्ट योजनामा सहभागी इकाईधनीहरूको लाभांश रकमबाट कानुनअनुसार लाग्ने कर तथा इकाई खरिद शुल्क कटौती गरी बाँकी रकम हितग्राही खातामा पठाइने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स