एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थापक सेयरको ९ प्रतिशत सर्वसाधारण समूहमा रूपान्तरण गरेको छ।
यस प्रक्रियामा कुल ६ लाख ४९ हजार ३०४.३९ कित्ता सेयर सर्वसाधारणमा परिणत गरिएको हो। यसपछि संस्थामा संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको छ।
अघिल्लो संरचनामा संस्थापक समूहको स्वामित्व ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत रहेको थियो।


प्रतिकृया