आफ्नो खातामा प्यान तुरुन्त अपडेट गर्न एनआईसी एशिया बैंकको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २७ गते
आफ्नो खातामा प्यान तुरुन्त अपडेट गर्न एनआईसी एशिया बैंकको आग्रह
AdvertisementAds

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) तत्काल अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकका अनुसार “आयकर ऐन २०५८” बमोजिम, ग्राहकको खाताबाट काटिएको कर विवरण नेपाल सरकारको प्यान प्रणालीमा आवद्ध गर्नुपर्ने हुन्छ। यसका लागि ग्राहकहरूले panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एपको ‘PAN update’ विकल्प प्रयोग गर्न सक्नेछन्। साथै, जुनसुकै शाखाबाट पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था छ।

बैंकले जनाएको छ, निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको कर E-TDS रेकर्डमा जनाउन प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि करकट्टी विवरण स्वचालित रूपमा आयकर प्रणालीमा मिलान भई, ग्राहकले करकट्टी तथा कर चुक्ता प्रमाणपत्र सजिलै प्राप्त गर्न सक्नेछन्। यसले बैंकसम्म धाउनुपर्ने झन्झट हटाउनेछ।

बैंकले चेतावनी दिँदै भनेको छ— प्यान अद्यावधिक नगरेको अवस्थामा ब्याजकर E-TDS मा दाखिला नहुँदा वा पछि कर समायोजन गर्नु पर्दा त्यसको जिम्मेवारी बैंकको नहुनेछ। यसअघि प्यान उपलब्ध गराए पनि विवरण समावेश नभएको अवस्थामा नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्र (फोन: १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स