नवनियुक्त गभर्नर पौडेलले पदभार ग्रहण गर्दै पाँच सय र हजारको नयाँ नोट छाप्ने निर्णय गरे

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ७ गते
नवनियुक्त गभर्नर पौडेलले पदभार ग्रहण गर्दै पाँच सय र हजारको नयाँ नोट छाप्ने निर्णय गरे
AdvertisementAds

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन्। उनले राष्ट्र बैंक पुगेर आज औपचारिक रूपमा आफ्नो कार्यकाल सुरू गरेका हुन्।

पदभार ग्रहणसँगै उनले पहिलो निर्णयका रूपमा पाँच सय र एक हजार दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग–अलग विषय भएको स्पष्ट पारे। उनले भने, “मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन। यो स्वतन्त्र र छुट्टै नीति हो। तर, वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले अवरोध गरेको देखिएमा त्यसलाई परिमार्जन गर्दै जानेछौं।”

यसैबीच, गभर्नर पदका अर्का आकांक्षी तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा सम्बन्धी विषय आन्तरिक भएको र यसबारे आवश्यक निर्णय प्रक्रिया संस्थाभित्रै सञ्चालन भइरहेको गभर्नर पौडेलले जानकारी गराए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स