पोखरामा क्यापिटल म्याक्सको नयाँ शाखा सञ्चालनमा, भोलि विश्लेषक ‘सुबास कार्की”ले प्रशिक्षण दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १६ गते
पोखरामा क्यापिटल म्याक्सको नयाँ शाखा सञ्चालनमा, भोलि विश्लेषक ‘सुबास कार्की”ले प्रशिक्षण दिने

अग्रणी ब्रोकर क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) ले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा न्यूरोड, पोखरा (भाटभटेनीको अपोजिट) मा अवस्थित छ।

शाखा उद्घाटनसँगै ब्रोकरले गण्डकी इन्भेस्टर फोरमसँगको सहकार्यमा पूँजी बजार सम्बन्धी निशुल्क अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रम भोलि फागुन १७ गते शनिबार दिउँसो १ बजे सिटी स्क्वायर, न्यूरोड, पोखरा मा हुनेछ।

कार्यक्रममा बजार विश्लेषक सुबास कार्कीले “प्राविधिक विश्लेषण र यसको सही प्रयोग” विषयमा प्रशिक्षण दिनेछन्। कार्यक्रममा सहभागीहरूलाई पूँजी बजारसम्बन्धी ज्ञान, लगानी रणनीति र तरिकाबारे जानकारी गराइनेछ।

क्यापिटल म्याक्स सेक्युरिटिजले पोखरामा शाखा विस्तारसँगै स्थानीय लगानीकर्ताहरूलाई अझ सहज सेवा दिने लक्ष्य लिएको छ।

481098712 1108519781042261 1400210671688783391 n https://bajarkochirfar.com/new-branch-of-capital-max-opens-in-pokhara-analyst-subash-karki-to-provide-training-tomorrow | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स