नेरुडे मिर्मिरे लघुवित्तले बोलायो वार्षिक साधारण सभा, के-के छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १० गते
नेरुडे मिर्मिरे लघुवित्तले बोलायो वार्षिक साधारण सभा, के-के छन् प्रस्तावहरु ?

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १० वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने , लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव रहेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ। कम्पनीले लाभांशसम्बन्धी भने कुनै पनि प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार, वैशाख २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स