नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा जेठ १० गते बस्ने भएको छ । सभा होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखा परिक्षण प्रतिवेदन, वासलात, अन्य वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, २०८१/८२ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार, वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
















प्रतिकृया