नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्ना सेयरधनीहरूलाई ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। नेप्सेको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ७५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव आगामी मंसिर २९ गते बिहान ११ बजे नेप्सेको केन्द्रीय कार्यालय, शान्तिमार्ग, काठमाडौंमा हुने वार्षिक साधारण सभामा अनुमोदन भएपछि वितरण हुनेछ।
हाल नेप्सेको पूँजी संरचना अनुसार नेपाल सरकारले ५८.६६ प्रतिशत स्वामित्व रहेको छ। यस आधारमा सरकारले लाभांशबाट रू. ४४ करोड ९९ लाख ५० हजार कमाउनेछ।
हाल नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.२३ प्रतिशत, राष्ट्र बैंकको ९.५१ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र ब्रोकर कम्पनीहरूको ०.६ प्रतिशत स्वामित्व रहेको छ। नेप्सेले पछिल्ला वर्षहरुमा बम्पर लाभांस दिँदै आएको छ।
यस्तो छ नेप्सेले पछिल्लो ६ वर्षहरूमा वितरण गरेको लाभांश:
आ.व. २०८०/८१: ७५% नगद लाभांश (प्रस्तावित)
आ.व. २०७९/८०: ६४% नगद लाभांश
आ.व. २०७८/७९: १००% नगद लाभांश
आ.व. २०७७/७८: १००% नगद लाभांश र ६६.६७% बोनस सेयर
आ.व. २०७६/७७: ३०% नगद र २०% बोनस सेयर
आ.व. २०७५/७६: ४०% नगद लाभांश
नेप्सेको मुनाफा चुक्ता पुँजी भन्दा बढी हुने गरेको छ। हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। नेप्सेले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस्तै २०७८/७९ मा १ अर्ब ६५ करोड २९ लाख र आर्थिक वर्ष २०७९/८० मा ९४ करोड २५ लाख खुद नाफा कमाएको थियो ।
नेप्सेको ४३ औ बार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदन, नाफा-नोक्सान विवरण, लेखापरीक्षकको नियुक्ति, र अन्य विविध विषयहरूमा समेत छलफल गरिनेछ।










![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया