insta insta

स्टक डिलरका लागि नेप्सेले सार्वजनिक गर्यो कारोबार योग्य कम्पनीको सूची

स्टक डिलरका लागि नेप्सेले सार्वजनिक गर्यो कारोबार योग्य कम्पनीको सूची
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर) हरूका लागि कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। नेप्सेले स्टर डिलर कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२)बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरु दफा ३(३) बमोजिम अद्यावधिक गरिएको जनाएको छ।

कारोबार योग्य कम्पनीहरुमा ११० वटा सूचीकृत कम्पनी रहेका छन्। जसमा १९ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक छन्। त्यस्तै, २ वटा फाइनान्स, २२ वटा लघुवित्त संस्था, १० वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २४  वटा जलविद्युत कम्पनी र २ वटा होटल र २ वटा अन्य समूहका कम्पनी छन्।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Dambar bamjan
Dambar bamjan
6 months ago

तर कुन कुन हुन भनेर कसरी थाहा पाउने

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स