नेप्सेमा अड लट अर्डर पनि देखिने, साना लगानीकर्ताका लागि सजिलो हुने

नेप्सेमा अड लट अर्डर पनि देखिने, साना लगानीकर्ताका लागि सजिलो हुने
Advertisement Ads

अबदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मार्केट डेप्थमा अड लट सेयरको खरिद–बिक्री अर्डर पनि देख्न सकिने भएको छ। साना लगानीकर्ताको सुविधालाई मध्यनजर गर्दै नेप्सेले आजदेखि यो नयाँ व्यवस्था लागू गरेको हो।

नेप्सेका अनुसार, अड लट कारोबारसम्बन्धी गुनासो लामो समयदेखि आइरहेको थियो। खासगरी साना लगानीकर्ताहरूलाई आफ्नो सेयर बेच्न वा किन्न असहज भएको भन्दै गुनासो उठ्दै आएको थियो। अब भने उनीहरूले पनि बोर्ड लटका जस्तै अर्डर स्थिति हेर्न सक्नेछन्।

अड लट के हो ?

विनियमावली अनुसार, सेयरको अंकित मूल्य रु.१० भएमा १०० कित्ता, रु.१०० भएमा १० कित्ता, र रु.१००० भएमा १ कित्तालाई बोर्ड लट भनिन्छ। यसभन्दा कम परिमाणमा हुने कारोबारलाई अड लट भनिन्छ।

धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबारको स्पष्ट व्यवस्था गरिएको छ। यस्तो कारोबार बजार परिसूचकको गणना वा मूल्य सीमाभित्र नपर्ने भएकाले बजारमाथि प्रत्यक्ष प्रभाव पर्दैन। साथै, बोर्ड लट सेयरलाई तोडफोड गरेर अड लट बनाउन नपाइने नियम पनि विनियमावलीमा उल्लेख छ।

517355114 1180385567436051 8611407050271716632 n https://bajarkochirfar.com/nepse-now-displays-odd-lot-orders-in-market-depth-to-support-small-investors | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स