नेप्सेले विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्दै, कसरी हुने सहभागी ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ग्लोबल मनी वीक २०२५ मनाउने अवसरमा विद्यालयस्तरका विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्ने भएको छ। मार्च १७-२३ (चैत्र ४-१०, २०८१) सम्म विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन्।
कक्षा १२ सम्मका विद्यार्थी सहभागी हुन सक्ने यो कार्यक्रमका लागि चैत्र १ गतेसम्म अनलाइन फारम भर्न सकिने नेप्सेले जनाएको छ। पहिले आवेदन दिने विद्यार्थीलाई प्राथमिकता दिइनेछ। ग्लोबल मनी वीक विश्वभर मार्च १७-२३ सम्म मनाइने हुँदा, नेपालमा पनि वित्तीय सचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिँदैछ।
अनलाइन फारमको लिंक:
Link: Global Money Week 2025 Participation Form