नेप्से परिसूचक सामान्य अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब बढी
आज नेप्से परिसूचक ७.३३ अङ्कले घटेर २५८८.६२ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ७ उपसमूह बढेको छ भने ६ उपसमूह घटेको छ। दिनभर ५ अर्ब ९३ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ। यस दिन ३१८ कम्पनीको १ करोड १७ लाख सेयर कारोबार भएको छ।
नेप्से ७.३३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ७.३३ अङ्कले घट्दा ३ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ८८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: विन नेपाल लघुवित्त, मेंच्याम हाइड्रोपावर, बोटलर्स नेपाल, अपर हेवा हाइड्रोपावर, र पिपुल्स पावर रहेको छ।
नेप्से ७.३३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ७.३३ अङ्कले घट्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: पोखरा फाइनान्स, जानकी फाइनान्स, खानी खोला हाइड्रोपावर, रिभर फल्स, र आत्मनिर्भर लघुवित्त रहेको छ।