नेप्से परिसूचक १० अङ्कले घट्यो

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३१ गते
नेप्से परिसूचक १० अङ्कले घट्यो
AI Generated Image
AdvertisementAds

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो ।

आज तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर रु तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छछ सय १९ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन् ।

आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन-८० का लगानीकर्ताले कमाएका छन् । त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स