एकैदिनमा १०५ अंकले ओरालो लाग्दै नेप्सेले हान्यो सेन्चुरी, नयाँ सरकार गठनयता २७३ अंकको गिरावट

एकैदिनमा १०५ अंकले ओरालो लाग्दै नेप्सेले हान्यो सेन्चुरी, नयाँ सरकार गठनयता २७३ अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा आइतबार उल्लेख्य गिरावट देखिएको छ। कारोबार सुरु भएदेखि नै ओरालो लागेको सेयरबजार दिनभर सुधार हुन नसक्दा नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको हो।

आज कुल १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरिए पनि त्यसको विपरीत सेयरबजार लगातार दबाबमा देखिएको छ। साताको पहिलो कारोबार दिनमै बजार घटेसँगै लगानीकर्ताको मनोबल कमजोर बनेको छ।

आइतबार ३४५ कम्पनीको सेयर किनबेच हुँदा जम्मा ७ कम्पनीको सेयर मूल्य बढेको छ भने २६१ कम्पनीको सेयर मूल्य घटेको छ। बालेन नेतृत्वको सरकार गठन हुनुअघि नेप्से २९५०.५० विन्दुमा बन्द भएको थियो। सरकार गठनपछि गत साता मात्रै बजार १६७.९७ अंकले घट्दै २७४०.२२ विन्दुमा झरेको थियो। त्यसपछि आइतबार थप १०५.५० अंकको गिरावट आएसँगै सरकार गठनयता नेप्से कुल २७३.४६ अंकले घटिसकेको छ।

आज सर्वाधिक मूल्य बढ्ने कम्पनीहरूमा भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स र रा सुपर खुँदी हाइड्रोपावर रहेका छन्।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी बढ्यो https://bajarkochirfar.com/nepse-hits-century-mark-falling-105-points-in-a-single-day-down-273-points-since-the-formation-of-the-new-government | %tags

 

त्यस्तै, आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा भुगोल इनर्जी, हिमालयन रि–इन्स्योरेन्स, नारायणी विकास बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र सप्तकोशी डेभलपमेन्ट बैंक रहेका छन्।

आजको सेयरबजार कुन कम्पनी सेयरमूल्य सबैभन्दा बढी घट्यो BankingSector SensitiveIndex FloatIndex StockMarketNepal NEPSE SectorPerformance NepalStocks https://bajarkochirfar.com/nepse-hits-century-mark-falling-105-points-in-a-single-day-down-273-points-since-the-formation-of-the-new-government | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स