सामान्य अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने भारी गिरावट
आज नेप्से परिसूचक ३.९० अङ्कले घटेर २६५४.७५ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ३ उपसमूह बाहेक सबै घटेका छन् । आज ७ अर्ब ६५ करोड कारोबार भएको छ। यस दिन ३०६ कम्पनीका १ करोड ६४ लाख हजार सेयर कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
नेप्से ३.९० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३.९० अङ्कले घट्दा ९९ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: पियोर इनर्जी, बुटवल पावर कम्पनी,सामुदायिक लघुवित्त, अपर हेवाखोला र विन्ध्यवासिनी हाइड्रोपावर रहेको छ।
नेप्से ३.९० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३.९० अङ्कले घट्दा १४८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, सिन्धु विकास बैंक , क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओरियन्टल होटल रहेको छ।
