नेपालले गत आर्थिक वर्ष ८१.८० प्रतिशतले निर्यात बढाएर ऐतिहासिक कीर्तिमान कायम गरेको छ।भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ। अघिल्लो वर्ष नेपालले १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको निर्यात गरेको थियो।
यस्तै, आयात पनि १३.२५ प्रतिशतले वृद्धि भएको छ। नेपालले गत आर्थिक वर्ष १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ। अघिल्लो वर्ष यो रकम १५ खर्ब ९२ अर्ब रुपैयाँ थियो।
व्यापार घाटा भने ६ प्रतिशतले बढेको देखिएको छ। अघिल्लो वर्षको १४ खर्ब ४० अर्बको व्यापार घाटा यो वर्ष १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।
कुल वैदेशिक व्यापार पनि १९.२४ प्रतिशतले वृद्धि भएको छ। नेपालले गत वर्ष २० खर्ब ८१ अर्ब रुपैयाँबराबरको व्यापार गरेको छ भने अघिल्लो वर्ष यो रकम १७ खर्ब ४५ अर्ब रुपैयाँ थियो।
कुल व्यापारमा निर्यातको वृद्धि ५२.४७ प्रतिशतले सकारात्मक रहे पनि आयात ५.०२ प्रतिशतले ऋणात्मक देखिएको भन्सार विभागले जनाएको छ।




















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया