विदेशमा पढ्नका लागि छ महिनामा नेपाली विद्यार्थीले खर्च गरे ५६ अर्ब ८३ करोड

विदेशमा पढ्नका लागि छ महिनामा नेपाली विद्यार्थीले खर्च गरे ५६ अर्ब ८३ करोड

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि झण्डै रु ५६ अर्ब ८३ करोड खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार, यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब रु २ अर्ब कम भए पनि विदेशिने रकमको प्रवृत्ति बढ्दो नै छ। अघिल्लो वर्ष सोही अवधिमा वैदेशिक अध्ययन खर्च रु ५८ अर्ब ९५ करोड रहेको थियो।

सेवा खाताअन्तर्गत, समीक्षा अवधिमा भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई रु १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो खर्च रु ९२ अर्ब ८७ करोड थियो।

समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो।

त्यस्तै, भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ, जुन अघिल्लो वर्ष रु ३९ अर्ब ८२ करोड थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स