सुपरहिट फिल्म ‘अञ्जिला’लाई क्यूएफएक्स मल्टिप्लेक्सले आज (बिहिबार)देखि १०० रुपैयाँमा प्रदर्शन गर्न थालेको छ। मिलन चाम्स निर्देशित फिल्म २९ फागुनमा रिलिज भएको हो र अहिले १०० औँ दिन नजिकिँदैछ।
सामाखुसीस्थित सिटी स्क्वायर मलमा हाल पनि फिल्म चलिरहेको छ, जहाँ विहिबार ३ शो गरिएको थियो। निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार अन्य हलहरूमा पनि सहुलियत दरमा प्रदर्शनको तयारी भइरहेको छ।
राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित यस फिल्मले बक्सअफिसमा ८ करोड ८४ लाख ग्रस कमाइ गरेको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया