फुटबल टिमकी कप्तानको जीवनीमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि १०० रुपैयाँमै हेर्न पाइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २९ गते
फुटबल टिमकी कप्तानको जीवनीमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ आजदेखि १०० रुपैयाँमै हेर्न पाइने

सुपरहिट फिल्म ‘अञ्जिला’लाई क्यूएफएक्स मल्टिप्लेक्सले आज (बिहिबार)देखि १०० रुपैयाँमा प्रदर्शन गर्न थालेको छ। मिलन चाम्स निर्देशित फिल्म २९ फागुनमा रिलिज भएको हो र अहिले १०० औँ दिन नजिकिँदैछ।

सामाखुसीस्थित सिटी स्क्वायर मलमा हाल पनि फिल्म चलिरहेको छ, जहाँ विहिबार ३ शो गरिएको थियो। निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार अन्य हलहरूमा पनि सहुलियत दरमा प्रदर्शनको तयारी भइरहेको छ।

राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित यस फिल्मले बक्सअफिसमा ८ करोड ८४ लाख ग्रस कमाइ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स