नेपाली कांग्रेसले भदौ २३ र २४ गतेका घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ। प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रतिवेदन सरकारले सार्वजनिक गर्ने कि गोरखापत्रमा मात्र प्रकाशित हुने हो भन्ने विषयमा प्रधानमन्त्रीलाई सोधे।
आङ्देम्बेले भने, “नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने? म आग्रह गर्न चाहन्छु—सरकारले सुझबुझपूर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर प्रस्तुत होस्।”
सांसद आङ्देम्बेले भदौ २४ को ध्वंस र २३ गतेको दमन दुवै घटनालाई गहिरो रूपमा केलाउनुपर्ने बताए। उनले आयोगले २३ गतेको अनुसन्धान गरेको भए पनि २४ गतेको घटनामा समय नपुगेको भन्ने तथ्यलाई नियतवश प्रस्तुत गरिएको दाबी गरे। कांग्रेसले दोषी नउम्किने र निर्दोष नफस्ने सुनिश्चितताको पक्षमा रहेको प्रष्ट पार्दै उनले सरकारले कानुन र प्रक्रियाको मर्यादा पालना गर्दै अगाडि बढ्नुपर्ने जोड दिए।




















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)
प्रतिकृया