नेपाल टेलिकमले कम्पनीका विभिन्न सेवा प्रयोग गरेर पनि महशुल तिर्न बाँकी रहेका ग्राहकलाई राहतस्वरूप जरिवाना छुट दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ साल पौष मसान्तभित्र भुक्तानी गरेमा सो रकममा लाग्ने जरिवाना छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीले सूचना जारी गर्दै सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा पुगेर उक्त सुविधाको लाभ लिन आग्रह गरेको छ।
टेलिकमका अनुसार तोकिएको अवधिसम्म पनि बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको नाम, थर तथा विवरण कम्पनीको वेबसाइट र पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशित गरी असुली प्रक्रिया अघि बढाइनेछ।
नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल नतिर्ने ग्राहकलाई लक्षित गर्दै यो छुट सुविधा ल्याइएको कम्पनीले जनाएको छ। यसबाट ग्राहकले जरिवाना छुटको लाभ लिनुका साथै कम्पनीको बक्यौता रकम असुलीमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिकृया