आज रातिदेखि नेपाल टेलिकमका सेवाहरु नचल्ने, कहिलेसम्म ?

आज रातिदेखि नेपाल टेलिकमका सेवाहरु नचल्ने, कहिलेसम्म ?

नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गतका विभिन्न क्षेत्रमा सञ्चालित ‘फाइबर टू द होम’ (FTTH) सेवामा आज राति मर्मत कार्य गर्ने जनाएको छ।

टेलिकमका अनुसार असार २५ गते, बुधवार राति ११ बजेदेखि असार २६ गते बिहीबार बिहान ६ बजेसम्म मर्मत तथा सम्हार कार्य हुने भएकाले इन्टरनेट, टेलिफोन र टिभी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्नेछ।

एकान्तकुना, थसिखेल, महालक्ष्मीस्थान लगायतका क्षेत्रमा सेवा प्रदान गरिरहेको FTTH नेटवर्कमा नियमित आन्तरिक मर्मत गरिन लागिएको टेलिकमले स्पष्ट पारेको छ।

सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै, टेलिकमले समयमै सूचना दिइसकेको जनाएको छ। साथै, यदि मर्मत कार्य निर्धारित समयअघि नै सम्पन्न भयो भने सेवा पनि यथाशीघ्र पुनः सञ्चालन गरिने टेलिकमले जनाएको छ।

यस्तै, सेवा अवरुद्धसम्बन्धी थप जानकारी वा सहयोग आवश्यक परेमा, ग्राहकले १९७ नम्बर वा पाटन कार्यालयको ०१–५४५३३६३ मा सम्पर्क गर्न सक्ने टेलिकमले आग्रह गरेको छ।

518271461 717214250915759 6137356174985164474 n https://bajarkochirfar.com/nepal-telecom-services-will-be-down-from-tonight-for-how-long | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स