नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै ‘सिङ्गल स्टेज टु इनभेलप’ प्रणालीमार्फत अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको हो।
इच्छुक आपूर्तिकर्ताले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै रूपमा पेश गर्नुपर्नेछ। यस कार्यका लागि आवश्यक बजेट समेत राष्ट्र बैंकले विनियोजन गरिसकेको जनाएको छ। बोलपत्र दस्तावेज खरिद गर्न नेपाली रुपैयाँ २० हजार वा अमेरिकी डलर १४६, यूरो १२६ वा पाउन्ड १०९ तोकिएको छ। दस्तावेज खरिदका लागि रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ।
बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गते तोकिएको छ। बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनुपर्नेछ भने कम्तिमा ४ करोड रुपैयाँको बैंक जमानतपत्र संलग्न गर्नुपर्नेछ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया