वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ खुला
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गरेको छ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरमा कुल २२ लाख ५० हजार कित्ता सेयर जारी गर्दैछ। यसमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। यस्तै, ३ प्रतिशत (६७,५०० कित्ता) सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आइपीओमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै आस्बा सदस्य बैंक र वित्तीय संस्था तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन सफ्टवेयर प्रयोग गर्न सकिनेछ।