नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारण सभा वैशाख १० गते बस्ने गरी आव्हान गरेको छ। कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा चितवन, मिडटाउन होटल, भरतपुर मा बिहान ११ बजे बस्ने गरी बोलाएको हो।
सभामा संचालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ। यससँगै लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने योजना छ।
साथै, चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत सभाको एजेन्डामा समावेश छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते लाई बुक क्लोज मिति तोकेको छ।















प्रतिकृया