नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज बस्दै, केके छन् प्रस्तावहरू ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १६ गते
नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा आज बस्दै, केके छन् प्रस्तावहरू ?

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज, जेठ १६ गते शुक्रबार, भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११ बजे सुरु हुँदैछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणमा छलफल गरिनेछ।

त्यसैगरी, सभा २ जना सञ्चालन समिति सदस्यको नियुक्ति गर्नेछ र लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि पेश गरिनेछन्। कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव प्रस्तुत गरेको छैन।

सभामा सहभागी हुनका लागि जेठ ८ गते कम्पनीले बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स