नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १५ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ २१ गते) बिहान १०:०६ सम्म ४९ हजार ५५० जनाले १५ लाख ८२ हजार ९० कित्ताका लागि कुल रकम १५ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन दिइसकेका छन्। जुन मागभन्दा ७.०३ गुणा बढी आवेदन हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीले यस आइपीओमा भोलि माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
केयर रेटिङ नेपालले यस कम्पनीको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। यो आइपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया