नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो साधारणसभा, केके छन् एजेन्डाहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २२ गते
नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो साधारणसभा, केके छन् एजेन्डाहरु ?

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा आउँदो जेठ १६ गते बिहान ११ बजे चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा बस्ने गरी बोलाएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी उनको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरूको बैठक भत्ता तोक्ने तथा अन्य खर्चहरू अनुमोदन गर्ने एजेन्डा रहेको छ।

कम्पनीले सभा प्रयोजनका लागि जेठ ८ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअन्तर्गत जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागिता जनाउन योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स