नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला



Advertisement
Ads

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (फागुन ८ गते) देखि २५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यस अनुसार, कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको हो।

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १८ गते बुकक्लोज गरिसकेको छ। त्यसैले, माघ १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र यस हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रदमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।


Advertisement

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरूले सानिमा क्यापिटलसँगै नेको इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट, साथै ‘मेरो सेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले नेको इन्स्योरेन्सलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने पर्याप्त सुरक्षित क्षमता रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ, जुन हकप्रद सेयर निष्काशनपछि २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर