नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले १७औँ वार्षिकोत्सवका अवसरमा नयाँ डिजिटल प्रोडक्ट तथा समाधानहरू सार्वजनिक गरेको छ । साथै, डिजिटल कारोबार प्रवर्द्धनमा योगदान पुर्याएका बैंक, वित्तीय संस्था र सरकारी निकायलाई विभिन्न विधामा एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा सिद्धार्थ बैंकसँग सहकार्यमा डिजिटल मोबाइल बैंकिङ सोलुसन, नबिल बैंकसँग कर्पोरेट पे–२, माछापुच्छ्रे बैंकसँग कार्ड्स सेन्ट्रल सिस्टम तथा स्मार्ट चोइस टेक्नोलोजीसँग थर्ड पार्टीज नेट सेटलमेन्ट सार्वजनिक गरिएको हो ।
एनसीएचएलले १३ विधामा अवार्ड प्रदान गर्दै वाणिज्य बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक, विकास बैंकतर्फ गरिमा विकास बैंक र फाइनान्सतर्फ रिलायन्स फाइनान्सलाई सम्मान गरेको छ । साथै, अध्यागमन विभागलाई विशेष योगदानको कदरस्वरूप स्पेसल रिकोग्निसन अवार्ड प्रदान गरिएको छ ।
हाल एनसीएचएलमा ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी गैर–बैंक संस्था आबद्ध रहेका छन् ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया