व्यापार घटेपछि पैसा कमाउन एनसेलले घटायो भ्यालिडिटी अवधि, ग्राहकलाई थप सास्ती

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २३ गते
व्यापार घटेपछि पैसा कमाउन एनसेलले घटायो भ्यालिडिटी अवधि, ग्राहकलाई थप सास्ती

निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक व्यापार पछिल्लो पाँच वर्षदेखि निरन्तर घटिरहेको छ। पछिल्लो ५ वर्षमा कम्पनीको आम्दानीमा ३७ प्रतिशत बढीको गिरावट देखिएको छ। व्यापारमा आएको गिरावटपछि, एनसेलले उपभोक्ताको सुविधामा भन्दा आफ्नो नाफा बढाउनकै लागि नयाँ रणनीति अपनाएको छ।

एनसेलले आफ्नो रिचार्ज भ्यालिडिटी अवधि परिवर्तन गर्दै ५० रुपैयाँको रिचार्जको भ्यालिडिटी केवल ७ दिन मात्र राखेको छ। यसअघि, ५० रुपैयाँको रिचार्जले ३० दिनको भ्यालिडिटी दिन्थ्यो। यस्तै, १०० रुपैयाँको रिचार्जको भ्यालिडिटी १४ दिन र १,००० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जको भ्यालिडिटी ९० दिन मात्र राखिएको छ।

यो निर्णयले लाखौं ग्राहकलाई असहज बनाएको छ। विशेष गरी, निम्न आय भएका ग्राहकहरूलाई बारम्बार रिचार्ज गर्नुपर्ने बाध्यता थपिएको छ। एनसेलको यो कदमले व्यापार घटेको छोप्न र नाफा बढाउनका लागि ग्राहकबाट अतिरिक्त पैसा लिन चाहेको देखिन्छ।

रिचार्जको छोटो भ्यालिडिटी प्रचलन विकसीत देशहरूमा भए पनि, एनसेलले नेपालीहरूको आर्थिक स्थिति र खर्च गर्न सक्ने क्षमता अनुकुल नगरी यस्तो नीति लागू गरेको देखिन्छ यसले स्पष्ट रूपमा कम्पनीको ध्यान अब ग्राहकको सुविधामा भन्दा नाफा बढाउन केन्द्रित भएको देखिन्छ।

एनसेलले सन् २०१८ मा ५९ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसयता कम्पनीको व्यापार खस्किँदै गएको छ। एनसेलको आम्दानी २०१९ मा ५५ अर्ब ३९ करोड, २०२० मा ४६ अर्ब ८७ करोड, २०२१ मा ४० अर्ब ४२ करोड, २०२२ मा ३९ अर्ब ७२ करोड र २०२३ मा ३७ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स