निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले राजीनामा दिएका छन्। उनले करिब दुई वर्षअघि, २०८० साल वैशाख २७ गते, सीईओ तथा प्रबन्धसञ्चालकको रूपमा कार्यभार सम्हालेका थिए।
कायुमोभको राजीनामापछि कम्पनीले सइद एमडी एनामुल कबिरलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको छ। एनामुल यसअघि कम्पनीभित्र विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। एनसेलमा आउनुअघि उनले बंगलादेशस्थित यूसीबी फिनटेक कम्पनीमा उपप्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्त अधिकृतका रूपमा काम गरेका थिए।
त्यसअघि उनले बंगलादेशकै टेलिनर ग्रुपमा वरिष्ठ वित्त अधिकारीको भूमिका निर्वाह गरेका थिए। एनसेलका अनुसार, उनले अन्य थुप्रै कम्पनीहरूसँग जोडिएर नेतृत्वदायी भूमिका निभाइसकेका छन्।
एनामुल चार्टर्ड एकाउन्टेन्ट हुन् र उनले बेलायतको युनिभर्सिटी अफ एडिनबर्ग स्कुलबाट एमबीए गरेका छन्।




















प्रतिकृया