आइतबार राष्ट्रिय परिचय पत्र वितरण सेवा अवरूद्ध, पासपोर्ट विभागको वेबसाइट पनि चलेन

आइतबार राष्ट्रिय परिचय पत्र वितरण सेवा अवरूद्ध, पासपोर्ट विभागको वेबसाइट पनि चलेन
Advertisement Ads

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नियमित मर्मत सम्भार र क्षमता विस्तारका कारण आइतबार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको सेवा अवरूद्ध भएको जनाएको छ।

यसअन्तर्गत अनलाइन विवरण संकलन, कार्ड वितरण, विवरण सच्याउने, जन्म दर्ता तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रमाणीकरण सेवा र अन्य अन्तर आवद्ध सार्वजनिक सेवा आंशिक रूपमा बन्द छन्।

विभागले अफलाइन माध्यमबाट विवरण दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ र सेवा पुनः सुरु भएपछी राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत उपलब्ध गराइनेछ।

त्यस्तै, आज पासपोर्ट विभागको वेबसाइट पनि सञ्चालनमा छैन। तर, वेबसाइट बन्द भएकोबारे विभागले कुनै सूचना वा सर्वसाधारणलाई जानकारी दिएको छैन।

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरूद्ध भएको सम्बन्धी सूचनाe640dbb9 bc49 451c 81f7 b3c36f1e6e05 scaled https://bajarkochirfar.com/national-identity-card-distribution-service-disrupted-on-sunday-passport-department-website-also-down | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स