ब्रोकर नं ५८ नासा सेक्युरिटिजले सामाजिक उत्तरदायित्व अन्तर्गत दरबारमार्ग प्रहरी कार्यालयलाई आवश्यक सामग्री सहयोग गरेको छ।
जेन–जी आन्दोलनका क्रममा भएको आगलागीले प्रहरी कार्यालयका सम्पूर्ण उपकरण जलेर नष्ट भएपछि प्रशासनिक कार्य प्रभावित भइरहेको थियो। उक्त अवस्थालाई मध्यनजर गर्दै नासाले “We Stand Together” भन्ने नारासहित ३ वटा कम्प्युटर, ३ वटा प्रिन्टर तथा स्क्यानर, ३ वटा अफिस टेबल र ३ वटा कुर्सी प्रदान गरेको हो।
कम्पनीका अनुसार यी सामग्रीहरूले नयाँ मुद्दा दर्तादेखि दैनिक प्रशासनिक कामलाई सहज बनाउन मद्दत गर्नेछन्।
कम्पनीले भविष्यमा पनि समुदाय, खेलकुद, सार्वजनिक सेवा र सुरक्षासँग सम्बन्धित कार्यमा निरन्तर योगदान दिने प्रतिवद्धता व्यक्त गरेको छ।














![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया