नबिल बैंकको खुद नाफा १५% ले बढ्यो, लाभांश क्षमता १७.६४% पुग्यो

नबिल बैंकको खुद नाफा १५% ले बढ्यो, लाभांश क्षमता १७.६४% पुग्यो

नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १५.०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशतले बढेर १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ३.४१ प्रतिशतले बढेर २१ अर्ब ५१ लाख रुपैयाँ र सञ्चालन नाफा २५.४४ प्रतिशतले बढेर १० अर्ब ८४ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ अर्ब ९० करोड ९५ लाख रुपैयाँ छ।

बैंकको वितरणयोग्य नाफा ५४.८७ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप १३.५३ प्रतिशतले बढेर ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ पुगेको छ भने  कर्जा प्रबाह १०.४९ प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब ७९ करोड ५५ लाख ४७ हजार रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी ३.४४ रुपैयाँले बढेर २६.३४ रुपैयाँमा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

Q4 Bank Nepali 1080 x 1350 px 12 https://bajarkochirfar.com/nabil-banks-net-profit-increases-by-15-dividend-yield-reaches-17-64 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स