नबिल बैंकले जित्यो ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’

नबिल बैंकले जित्यो ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’

नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ। बैंकलाई यो अवार्ड ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको मान्यता स्वरूप प्रदान गरिएको हो।

बैंकले व्यक्तिगत, संस्थागत र एसएमई ग्राहकका लागि प्रभावकारी डिजिटल भुक्तानी सेवा तथा सुविधाहरू उपलब्ध गराएको कारण यस सम्मान पाएको जनाइएको छ। प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरू सरल, सुरक्षित र छरितो बनाएकोले ग्राहकका दैनिकी व्यवसाय सञ्चालनमा सहजता पुगेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो सम्मान नबिल बैंकको निरन्तर मेहनत, नवप्रवर्तन र ग्राहक विश्वासको परिणाम भएको बताए। उनले सबै ग्राहक र कर्मचारीप्रति आभार व्यक्त गरे।

विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्ड विश्वसनीय र सम्मानित मानिन्छ। यसले सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मानित गर्दछ।

सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु भएको पहिलो अवार्ड हो र हाल विश्वका १०० देशमा सञ्चालन भइरहेको छ। यसले बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मान दिन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स