निवर्तमान गृहमन्त्री सुधनको कारोबार विवरण चुहावट गरेको आरोपबारे यस्तो भन्छ नबिल बैंक

निवर्तमान गृहमन्त्री सुधनको कारोबार विवरण चुहावट गरेको आरोपबारे यस्तो भन्छ नबिल बैंक

नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकको गोपनीयता भंग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण चुहावट गरेको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलाइएका यस्ता दाबीहरू आधारहीन, प्रमाणविहीन र भ्रामक रहेको भन्दै बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकका अनुसार मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू” शीर्षक समाचारमा अनुसन्धानरत निकायबाट प्राप्त विवरण उल्लेख गरिएको स्पष्ट छ। तर सो समाचारलाई आधार बनाएर बैंकमाथि नियोजित रूपमा दुष्प्रचार गरिएको बैंकको दाबी छ।

नबिल बैंकले कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, उनका आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया पूरा गरी आएका नियामकीय तथा अनुसन्धानकारी निकायबाहेक अन्य कसैलाई उपलब्ध नगराइने स्पष्ट पारेको छ। बैंकले त्यस्तो कुनै विवरण अनधिकृत रूपमा दिइएको दाबी अस्वीकार गरेको छ।

बैंकका अनुसार कुनै पनि विवरण सिस्टमबाट निकालिएको अवस्थामा कुन कर्मचारीले, कुन मितिमा र कुन प्रयोजनका लागि विवरण हेरेको हो भन्ने सम्पूर्ण रेकर्ड कोर बैंकिङ सिस्टममा सुरक्षित रहने व्यवस्था रहेको छ। बैंकले प्रचलित कानुन, नियमन, आन्तरिक सुशासन तथा बैंकिङ गोपनीयतासम्बन्धी मापदण्डको पूर्ण पालना गर्दै आएको जनाएको छ।

चार दशकभन्दा लामो इतिहास भएको नबिल बैंकले ग्राहक गोपनीयता बैंकिङ नैतिकताको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै त्यसमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ। साथै, भ्रामक सूचना फैलाउने व्यक्ति वा निकायविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ लगायत प्रचलित कानुनअनुसार कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।

बैंकले ग्राहक तथा सरोकारवालालाई यस्ता दुष्प्रचारमा विश्वास नगर्न आग्रह गर्दै सुरक्षित, विश्वसनीय र उच्च गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

download 3 1 https://bajarkochirfar.com/nabil-bank-says-this-about-the-allegations-of-leaking-the-transaction-details-of-outgoing-home-minister-sudhan | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स