नबिल बैंकले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानको जग्गा बेच्दै

नबिल बैंकले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानको जग्गा बेच्दै
Advertisement Ads

नबिल बैंकले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा रहेको आफ्नो स्वामित्वका ११२ वटा जग्गा बिक्री गर्ने भएको छ। बैंकले यी गैरबैंकिङ्ग सम्पत्तिहरूलाई हालको अवस्थामै बोलकबोलमार्फत बिक्री गर्ने सूचना जारी गरेको छ। इच्छुक व्यक्ति वा कम्पनीहरूले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

यदि बोलपत्र बुझाउने अन्तिम दिन बैंक बिदा परेमा, त्यसको भोलिपल्ट बैंक खुल्ने दिन दिउँसो ३:०० बजेभित्र तोकिएको स्थानमा बुझाउन सकिनेछ।

साथै, बोलपत्र स्वीकृत गर्ने वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार बैंकमै सुरक्षित रहनेछ। प्रक्रिया पूरा गरी दर्ता गरिएका बोलपत्रहरूमा कुनै कानुनी कारबाही नहुने बैंकले जनाएको छ।

k 1241x1536 1 https://bajarkochirfar.com/nabil-bank-is-selling-land-in-various-locations-across-the-country-including-the-kathmandu-valley | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स