प्रहरी र सेबोनले छापा मारेको समाचार भ्रामक भएको नासा सेक्युरिटिजको दाबी

धिरज पौड्याल
धिरज पौड्याल
२०८२ कार्तिक २८ गते
प्रहरी र सेबोनले छापा मारेको समाचार भ्रामक भएको नासा सेक्युरिटिजको दाबी
Advertisement Ads

नासा सेक्युरिटिज कम्पनी लिमिटेडले आफ्नो नाम जोडेर केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा दाबीहरू ‘पूर्ण रूपमा भ्रामक’ रहेको जनाएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा ती दाबीहरूले सर्वसाधारणलाई भ्रममा पारेको भन्दै स्पष्टिकरण दिएको हो।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस नासा सेक्युरिटिज कम्पनी लिमिटेड र यस संस्थामार्फत कारोबार गर्ने विभिन्न ग्राहकहरूको नाम जोडेर केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले उल्लेख गरेको जस्तै कुनै पनि गतिविधि हाम्रो कम्पनीमा भएको छैन।”

यसबाहेक, सामाजिक सञ्जालमा फैलिएका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा नेपाल धितोपत्र बोर्डले नासा सेक्युरिटिजमा हालसालै छापा मारेको वा बयानका लागि बोलाएको भन्ने दाबीमा कुनै सत्यता नरहेको कम्पनीले प्रष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल धितोपत्र बोर्डले हालसाने छापा मारेको र बयानका लागि बोलाएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौ। यस्ता समाचार र सामाजिक संजालका पोष्टहरुको भ्रममा नपर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।”

नासा सेक्युरिटिजले आफ्नो सम्पूर्ण कारोबार नियमनकारी निकायका नीति–निर्देशनअनुसार नै सञ्चालन हुँदै आएको र ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ।

Advertisement Ads

कम्पनीसम्बन्धी कुनै गुनासा वा जिज्ञासा भए कार्यालय प्रमुख मदन पौड्यालसँग ९८५१०२५४११, ०१–५९७००८४ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

NAasA sec https://bajarkochirfar.com/naasa-securities-clarifies-that-news-of-police-and-sebon-raids-is-misleading | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स