सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अदालती बहस सार्वजनिक रूपमै ‘लाइभ’ गर्नुपर्ने माग उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले बिहीबार सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै कास्की जिल्ला अदालतसहित पाँच जिल्लामा दायर मुद्दाको बहस सार्वजनिक गर्न आग्रह गरेका हुन्।
ढकालले लामिछानेमाथि संगठित रूपमा सहकारी ठगी गरी कालो धन जम्मा गरेको आरोपमा पाँच जिल्लामा मुद्दा दायर भइरहेको जनाउँदै आउँदो हप्तादेखि सुरु हुने अदालती प्रक्रियाबारे समाजलाई जानकारी दिन ‘लाइभ’ आवश्यक भएको बताएका छन्।
उनले लेखेका छन्, “लोकतन्त्रमा जनताले कहाँ के भइरहेको छ भन्ने कुरा जान्ने अधिकार राख्छन्। अदालतको इजलास ‘लाइभ’ गर्न सम्बन्धित सबैलाई पुनः आग्रह गर्दछु।”
ढकालले जनताको जानकारीको अधिकारलाई लोकतन्त्रको मूलभूत पक्ष बताउँदै रविविरुद्धको अदालती प्रक्रिया प्रत्यक्ष रूपमा सबैले हेर्न पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)




प्रतिकृया