स्वतन्त्र सांसद डा. अमशेरकुमार सिंहले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति प्रक्रिया प्रति कडा आलोचना गरेका छन्। बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले गभर्नर चयनको तरिका यस्तो लज्जास्पद भएको बताए कि “लाज पनि लजाइसकेको छ” तर सरकार अझै नलजाएको टिप्पणी गरे।
उनले गभर्नर सिफारिस समितिलाई सत्ता गठबन्धनले खेलौना बनाएको आरोप लगाउँदै भने, “गभर्नर नियुक्तिमा राजनीतिक भागबन्डा होइन, विज्ञताको कदर हुनुपर्छ।” सिंहले राजनीतिक दलका कार्यकर्ताभन्दा राष्ट्र बैंकभित्रकै विज्ञलाई गभर्नर नियुक्त गर्नुपर्नेमा जोड दिँदै हालकी कार्यवाहक गभर्नर नीलम ढुंगानालाई स्थायी गभर्नर बनाउन आग्रह गरे।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया