अमेरिकाले अध्यागमन कानून उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत नेपाल फर्काएको छ। अमेरिकास्थित नेपाली राजदूतावासका स्रोतका अनुसार, निष्काशन गरिएका नेपालीहरू आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं आइपुग्नेछन्।
दूतावासले केही दिनअघि नै परराष्ट्र मन्त्रालयलाई अमेरिकाबाट निष्कासन हुन लागेका नेपालीको जानकारी दिइसकेको थियो। परराष्ट्र मन्त्रालयका स्रोतले पनि यस जानकारीको पुष्टि गरेका छन्।
स्रोतका अनुसार, निष्कासनमा परेका केही नेपालीले पासपोर्ट फ्याँकेर लुकिछिपी बसिरहेका थिए भने केही नेपाली गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेका थिए। सामान्यतया, सानो संख्यामा डिपोर्ट गरिने व्यक्ति विभिन्न एयरलाइन्स वा चार्टर्ड विमानमार्फत नेपाल फर्काइन्छ, तर ठूलो संख्यामा निष्कासन हुँदा विशेष चार्टर विमान प्रयोग गरिन्छ। विमानस्थलमा आइपुग्दा अमेरिकाले काठमाडौंस्थित दूतावासमार्फत अध्यागमन विभागलाई जानकारी दिने र नेपाल प्रहरीको जिम्मामा लगाउने गरिन्छ।
यसअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि अवैध रूपमा अमेरिका बस्ने नेपालीहरू निष्कासनको प्रक्रियामा परेको उल्लेख छ। नेपालीहरू प्रायः विभिन्न मुलुक हुँदै पानामाको सीमाबाट अमेरिका गैरकानुनी रूपमा प्रवेश गर्ने गरेको पाइन्छ। जोखिम मोलेर लाखौं रुपैयाँ तिरेर अमेरिका पुगेका नेपालीहरूलाई सरकारले र नेपालस्थित अमेरिकी दूतावासले पनि दलालको प्रलोभनमा नपरी गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न बारम्बार सचेत गराउँदै आएको छ। पछिल्ला दिनहरूमा अमेरिका जाने नेपालीको भिसा प्रक्रिया पनि कडा बनाइएको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया