बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरणमार्फत पैसा तान्ने निर्णय गरेको छ।
बैंकिङ प्रणालीबाट आज, चैत ८ गते दिउँसो ३ बजे कुल ५० अर्ब रुपैयाँ तान्न बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँको भागमा बोलकबोल गर्न सक्नेछन्, बाँकी रकम निःशेष भागमा गणना हुनेछ।
बोलकबोल एकल वा बहु ब्याजदरमा गर्न सकिनेछ र यसमा केवल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको भुक्तानी र ब्याज चैत २२ गते गरिनेछ।
पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल भएको छ र बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमा केन्द्रीय बैंकलाई पैसा राख्न बाध्य भएका छन्।


















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया