बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फागुन ५ गते फेरि निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ।
राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोल हुनेछ र निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरमा हुने भए पनि बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ८९ दिने यो निक्षेप संकलन उपकरणको आउँदो २०८३ जेठ ३ गते मूलधन र ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता फालाफाल भएको छ र बैंक तथा वित्तीय संस्थाहरू ३ प्रतिशत हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया