बैंकिङ प्रणालीमा पैसा फालाफाल, राष्ट्र बैंकले आज ३० अर्ब खिच्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २७ गते
बैंकिङ प्रणालीमा पैसा फालाफाल, राष्ट्र बैंकले आज ३० अर्ब खिच्ने

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तान्ने भएको छ। केन्द्रीय बैंकले फागुन २७ गते बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तान्ने घोषणा गरेको छ। यसको बोलकबोल आज दिउँसो ३ बजे हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल एकल ब्याजदरमा गर्नुपर्नेछ भने आवश्यक परे बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

यो निक्षेप संकलन उपकरण २८ दिनको अवधि लिएर आउँदो चैत २५ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ। पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ, र बैंक तथा वित्तीय संस्थाहरू लगभग ३ प्रतिशतको हाराहारी ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा राख्न बाध्य भइरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स