१०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सहित मोदी इनर्जीले बोलायो विशेष साधारण सभा, कहिले ?
मोदी इनर्जी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित असार १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त विशेष साधारणसभाले कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँको १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।साथै कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र १ जना संस्थापक समूहबाट सञ्चालक नियुक्त गर्नेछ। त्यसैगरी, हकप्रद निष्काशनका लागि कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार, असार ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।