ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयका अनुसार, वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले यो कदम चालिएको हो। प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोग प्रोत्साहन गर्ने नीतिअनुसार यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले यस कदमले सरकारी निकायहरू तथा सरोकारवाला पक्षहरूलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन्। उनले आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहने पनि उल्लेख गरेका छन्। साथै, मन्त्रालयले उक्त निर्णयलाई सफल बनाउन सम्बन्धित सबै निकाय र कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)





प्रतिकृया