बेलायती अटोमोबाइल ब्रान्ड एमजी (मोरिस ग्यारेज) ले नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी ‘एमजी एस सिक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ। एमजीको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले राजधानीमा आयोजित कार्यक्रममा गाडी बिक्री सुरु गरेको हो। कार्यक्रममा एसएआइसीका प्रतिनिधि मोहम्मद कासिम र प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनील क्षेत्रीले संयुक्त रूपमा गाडी अनावरण गरेका थिए।
नयाँ ‘एमजी एस सिक्स’ मा १८० किलोवाटको मोटर, ३५० एनएम टर्क र ७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। कम्पनीका अनुसार एक पटकको फुल चार्जमा गाडीले ५३० किलोमिटरसम्म रेन्ज दिनेछ भने १० देखि ८० प्रतिशत चार्ज हुन ३८ मिनेट लाग्नेछ।
यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, एचयूडी डिस्प्ले, प्यानोरामिक सनरुफ, ११ स्पिकर र स्मार्ट एप फिचरहरू समावेश छन्। गाडीले ‘युरो एनक्याप’ बाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। नेपाली बजारमा यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।



















प्रतिकृया