विद्युत् बिक्री आम्दानी ६५ प्रतिशतले घट्दा माण्डु हाइड्रोपावर घाटामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३१ गते
विद्युत् बिक्री आम्दानी ६५ प्रतिशतले घट्दा माण्डु हाइड्रोपावर घाटामा

माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३२.१८ प्रतिशतले घटेर १५ करोड २ लाख रुपैयाँमा पुगेको छ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५८ करोड २० लाख रुपैयाँबाट ६४.८२ प्रतिशतले घटेर २० करोड ४७ लाख रुपैयाँमा पुगेको छ। यता, वित्तीय खर्च २८.४० प्रतिशतले घट्दा पनि कम्पनीको कुल आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य रूपमा घटेकाले नाफा घटेको हो।

१ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको जगेडा कोषमा ६२ करोड ८६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ १० पैसा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स